दफा १७०
प्रमाण बुझ्ने क्रम

(१) अदालतले अन्यथा आदेश दिएकोमा बाहेक अदालतले प्रमाण बुझ्न तोकिएको तारिखका दिन प्रमाण बुझ्दा सामान्यतयाःबादीले पेश गरेको प्रमाण बुझेपछि प्रतिबादीले पेश गरेको प्रमाण बुझ्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रमाण बुझ्दा कुनै लिखत प्रमाणको रूपमा लिन नहुने वा असान्दर्भिक विषय भएको भनी मुद्दाकोकुनै पक्षले तत्काल आपत्ति गरेमा अदालतले त्यस्तो विषयमा जाँच गरी त्यस्तो आपत्ति मनासिब भए वा नभएकोसम्बन्धमा तत्काल आदेश गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम आदेश गर्दा कुनै पक्षले पेश गरेको लिखतलाई प्रमाणको रूपमा लिन नहुने वा असान्दर्भिक भएकोठहर गरेमा त्यस्तो कुरा अभिलेख गरी मिसिल संलग्न गर्नु पर्नेछ ।